तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङका सात पालिकामा माओवादीको नयाँ नेतृत्व चयन

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पालिका अधिवेशन अन्तर्गत बागलुङका सात वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । 

शनिवारबाट सुरु भएको पालिका अधिवेशनबाट जिल्लाका सात वटा स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन भएको हो । बागलुङ नगरपालिकामा इन्द्र केसी (पारस)को अध्यक्षतामा नगर कमिटी गठन भएको छ । कमिटीको सचिवमा राजु खड्का चयन हुनु भएको छ

जैमिनी नगर कमिटीको अध्यक्षमा झमन पाण्डे र सचिवमा शोभाप्रसाद शर्मा, ढोरपाटन नगर कमिटीको अध्यक्षमा भीम गौतम र सचिवमा वीर बहादुर घर्ती चयन हुनु भएको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक ज्ञामनाथ गैरेले जानकारी दिनुभयो ।

निसीखोला गाउँ कमिटीको अध्यक्षमा कुविर बिक र सचिवमा कुशल बुढा, ताखोला गाउँ कमिटीको अध्यक्षमा दिवस खत्री र सचिवमा फुलमायाँ पुन, काठेखोला गाउँ कमिटीको अध्यक्षमा कृष्ण थापा र वडिगाड गाउँ कमिटीको अध्यक्षमा मिलन रेश्मी र सचिवमा वीरेन्द्र बुढा चयन हुनु भएको छ । 

बरेङ गाउँ कमिटीले भने मङ्सिर १८ गतेका लागि भेला बोलाएको छ । यो पटक माओवादीले दलित १५ प्रतिशत, महिला ३५ प्रतिशत र युवा समेत अनिवार्य सहभागी रहने गरी कार्यसमितिको कोटा तोकेको जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button