काँग्रेस सुनसरी जिल्ला सभापतिमा केदार भण्डारी निर्वाचित
सुनसरी । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सुनसरी जिल्ला अधिवेशनको निर्वाचनबाट सभापति पदमा केदार भण्डारी निर्वाचित हुनु भएको छ ।
सभापति पदमा भण्डारीले १ हजार ४ सय २२ मत ल्याएर निर्वाचित हुनु भएको हो भने उहाँका प्रतिद्वन्द्वी सञ्जय श्रेष्ठले १ हजार ३ सय ९ मत ल्याएर पराजित हुनु भएको छ ।
त्यसै गरी उपसभापति पदमा नगेश चन्द्र राईले १ हजार ३ सय ३५ र पङ्कज महतोले १ हजार ३ सय १३ मत ल्याएर निर्वाचित हुँदा उहाँहरूका प्रतिद्वन्द्वी गफार अन्सारीले १ हजार २ सय ९७ मत र महेश दत १ हजार १ सय ६६ मत ल्याएर पराजित हुनु भयो ।
त्यसै गरी सचिव पदमा वीरेन्द्र साहले १ हजार ४ सय ६७ मत र माधव बहादुर घिसिङले १ हजार २ सय २८ मत ल्याएर निर्वाचित हुँदा उहाँहरूका प्रतिद्वन्द्वी रन्जेश भट्टराईले १ हजार २ सय २८ मत र प्रमोद कुमार पोखरेल १ हजार ९२ मत तथा रमेश पालले ९२ मत ल्याएर पराजित हुनु भएको छ ।
त्यसै गरी सह–सचिव पदमा गणेश सुब्बाले १ हजार ३ सय ५ मत र मनिष कुमार रायले १ हजार १ सय ७७ मत गिरधारी प्रसास साहले १ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् भने सुनिल साहले १ हजार ७० मत, कालुराम चौधरीले ३ सय ४१ मत र रमेश कटुवालले २ सय १९ मत प्राप्त गरी पराजित भएका हुन् ।
त्यसै गरी अपाङ्ग केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उपेन्द्र मेहताले १ हजार ३ सय ६४ मत ल्याएर निर्वाचित भएका हुनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी सविता सुवेदीले १ हजार १ सय ७६ मत ल्याएर पराजित हुनुभयो ।
त्यसै गरी अपाङ्ग प्रदेश महाधिवेशन प्रतिनिधिमा देवेन्द्र पौडेलले १ हजार १ सय ६३ मत प्राप्त गरेर निर्वाचित हुँदा उहाँका प्रतिद्वन्द्वीहरू गोपाल राई(कालुराम) ले १ हजार ९० मत, जयनारायण सिंह दनुवारले ६७ मत र डा. विसमबर यादवले २ सय ६४ मत प्राप्त गरी पराजित हुनु भएको निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिनु भएको छ ।
आइतबार सम्पन्न भएको जिल्ला अधिवेशनको निर्वाचनमा २ हजार ७ सय ७४ मत खसेको थियो । नेपाली कांग्रेस सुनसरीको मुख्य पदहरूको मतगणना सकिएकोले बाँकी सदस्यहरूको केही समयमा मतगणना सुरु हुने निर्वाचन अधिकृत पौडेलले जानकारी दिनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्