तपाईँ सुन्दै हुनुहुन्छः

तिब्बतीयनलाई नागरिकता सिफारिसमा सहयोग गरेको आरोपमा चार जना पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुमा तिब्बतीयन नागरिकलाई नागरिकता सिफारिस दिने प्रक्रियामा सहयोग गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोलुदूधकुण्ड नगरपालिका–२ बाट प्रक्रिया पूरा गरी नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा सिफारिस लिएर आएका माथि कर्मचारीले शङ्का लागेर अनुसन्धान थालिएको थियो । 

सोही स्थानबाट जिल्ला प्रहरी कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । सिफारिस लिने व्यक्ति तिब्बतीयन भएको खुलेपछि सिफारिस दिलाउने प्रक्रियामा सहयोग गरेको आरोपमा स्थानीय चार व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले बताउनुभयो ।

ती व्यक्तिलाई म्याद थप गरेर अनुसन्धानको तयारी गरिएको छ । त्यसपछि मात्र घटनाबारे विस्तृत जानकारी दिने प्रहरीले बताएको छ । सोलुखुम्बुबाट झुटो विवरण पेश गरेर सिफारिस लिएको यो दोस्रो घटना हो भने देश बाहिरका नागरिकलाई सिफारिस गरिएको सम्भवतः यो पहिलो घटना भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button