कैलालीका ६ वटा पालिकामा माओवादीको नयाँ नेतृत्व चयन
धनगढी । नेकपा माओवादी केन्द्रको पालिका अधिवेशन अन्तर्गत कैलालीमा ६ वटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ ।
माओवादी केन्द्रका अनुसार कैलालीका १३ वटा पालिका मध्य हालसम्म ६ वटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । बाँकी पालिकामा समेत नेतृत्व चयन प्रक्रिया जारी रहेको छ ।
भजनी नगरपालिकामा विश्व चौधरी, गोदावरी नगरपालिकामा धर्म कुँवर, बर्दगोरिया गाउँपालिकामा रामबहादुर साउद, मोहन्याल गाउँपालिकामा देवीदत्त उपाध्याय, जानकी गाउँपालिकामा सौरभ कुँवर, गौरीगंगा नगरपालिकामा देवीदत्त कँडेल अध्यक्ष पदमा चयन भएको माओवादी केन्द्रले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्