तपाईँ सुन्दै हुनुहुन्छः

राजमार्गका होटल अनुगमन

पाल्पा । पाल्पामा पहिलो पटक (वयल टेस्टोमिटर) प्रयोग गरी राजमार्गका होटल तथा रेष्टुरेण्टमा प्रयोग हुने तेलको गुणस्तर परीक्षण गरिएको छ । तार्ने वा पकाउनको लागि प्रयोग हुने तेलमा ओइल टेस्टोमिटर प्रयोग गरी गुणस्तर परीक्षण गरिएको हो ।

तिनाउ गाउँपालिकाको वडा नं. ५ को गौणे पुल देखि जोरधारासम्म जम्मा ३३ वटा होटल तथा रेष्टुरेण्टमा गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत देवीराम भण्डारीले बताउनुभयो । अनुगमनको क्रममा १० वटा होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिरहेको तेलमा टोटल पोलार मटेरियल २५ प्रतिशत भन्दा बढी पाइएकोले करिब २२ लिटर तेल संयुक्त अनुगमन टोलीले नष्ट गरेको छ । 

खाद्य मापदण्ड अनुसार टोटल पोलार मटेरियल २५ प्रतिशत बढी भएमा तार्ने वा पकाउन प्रयोग गर्न मिल्दैन । साथै अनुगमनका क्रममा सरसफाइमा विशेष ध्यान दिन र तारेका खानेकुरा राख्न पत्रिकाको प्रयोग नगर्न निर्देशन दिएको छ । तारेका खानेकुरा पत्रिकामा राख्दा अक्षरहरूको मसीमा प्रयोग गरिएको रसायनले खाद्य वस्तुलाई असर गर्दछ ।

अनुगमन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको संयोजन तथा जिल्ला प्रशासन कार्यालय पाल्पा, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, तिनाउ गाउँपालिका, नेपाल प्रहरी  र पाल्पा उद्योग वाणिज्य सङ्घको सहभागितामा गरिएको थियो । जिल्लाका सबै होटल तथा रेष्टुरेण्टमा तेलको गुणस्तर परिक्षण गरी उपभोक्तालाई गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउने योजना रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button