तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस इलामको सभापतिमा खड्का निर्वाचित

इलाम । नेपाली काँग्रेस इलामको १४ औँ अधिवेशनबाट जिल्ला सभापतिमा डम्बर खड्का विजयी हुनुभएको छ । 

सभापतिका अर्का प्रत्याशी भेषराज आचार्यलाई १ सय ६० मतान्तरले हराउँदै खड्का सभापतिमा निर्वाचित हुनुभएको हो । खड्काले ९ सय ३५ मत प्राप्त गर्दा आचार्यले ७ सय ७५ मत मात्र पाउनुभएको थियो । 

निर्वाचित खड्का संस्थापन र पराजित आचार्य संस्थापन इतर समूहका मानिनुहुन्छ । 

पदाधिकारीमा मिश्रित नतिजा आएको छ ।  उपसभापतिमा आचार्य पक्षका खगेन्द्र देवान र विष्णु लिम्बू दाहाल निर्वाचित हुनुभएको छ । सचिवमा पूर्णप्रसाद गौतमले ८ सय १९ र निरोज खड्गीले ७ सय ९३ मत पाएर विजयी हुनुभयो । 

जिल्ला कार्यसमितिमा ४० जना सदस्य निर्वाचित भएका छन् । निर्वाचन समितिले निर्वाचित पदाधिकारी र सदस्यहरूलाई आज एक कार्यक्रमका बिच प्रमाण पत्र वितरण गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button