तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा माओवादी केन्द्रको ११ वटा पालिका अधिवेशन सम्पन्न

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्र, सिन्धुपाल्चोकले ११ वटा पालिकाको अधिवेशन सम्पन्न गरेको छ । 

आइतबारसम्म माओवादी केन्द्र सिन्धुपाल्चोकले नयाँ नेतृत्वसहित ११ वटा पालिकाको अधिवेशन सम्पन्न गरेको हो । 

१२ वटा पालिका रहेको सिन्धुपाल्चोकमा शनिवार सम्म १० वटा सम्पन्न भएको र आइतबार बाँकी २ पालिका मध्ये त्रिपुरा सुन्दरी गाउँपालिकाको अधिवेशन पनि सम्पन्न भएको माओवादी केन्द्रले जनाएको छ । बाँकी रहेको भोटेकोसी गाउँपालिकामा भने मङ्सिर १५ गते सम्पन्न हुने पनि केन्द्रले जनाएको छ ।

रेशम स्याङबोको नेतृत्वमा जुगल गाउँपालिकाको अधिवेशन शुक्रवार नै सम्पन्न भएको थियो ।  हेलम्बु, पाँच पोखरी थाङपाल, बलेफी, सुनकोसी, लिसंखुपाखर, त्रिपुरा सुन्दरी गाउँपालिकामा क्रमशः पेमा ह्योल्मो, दोर्जे तामाङ, गङ्गा तामाङ, अमर लामा, राजु लामा र विर्खबहादुर श्रेष्ठको नेतृत्वमा पालिका अधिवेशन सम्पन्न भएको केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले जानकारी दिनुभयो । 

त्यस्तै मेलम्ची र बाह्रबिसे नगरपालिकामा गोपाल नेपाल र सोनाम शेर्पाको नेतृत्वमा अधिवेशन सम्पन्न भएको छ । 

चौतारा साँगाचोकगढी नगरपालिका र इन्द्रावती गाउँपालिकामा अधिवेशन भए पनि नेतृत्व चयन हुन सकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button