नेपाली काँग्रेस कञ्चनपुरको सभापतिमा बोगटी निर्वाचित
कञ्चनपुर । नेपाली काँग्रेस कञ्चनपुरको सभापतिमा पदम बोगटी निर्वाचित हुनुभएको छ ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कञ्चनपुरमा शुक्रवारदेखि सुरु भएको जिल्ला अधिवेशनमा शनिबार मतदान भई आइतबार अपराह्न सम्पन्न मतगणनाको परिणाम अनुसार बोगटी सभापतिमा निर्वाचित हुनुभएको हो ।

सभापतिमा निर्वाचित बोगटीले ८०६ मत प्राप्त गर्नुभयो । सभापतिका अर्का उम्मेदवार बहादुर सिंह थापाले ७१५ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, नेपाली काँग्रेस कञ्चनपुरको उपसभापतिमा मीन बहादुर सिंह (७८६) र हरिचन्द्र राना (७६३) निर्वाचित हुनुभयो । प्रतिद्वन्द्वी शङ्कर बहादुर चन्द (७४०) र दिवाकर पाण्डेय (७०४) निर्वाचित हुन सक्नु भएन । सचिवमा भीमराज भट्ट (७२८) र हेमराज ओझा (६९४) निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वीहरू जनक धामी (६८०), सिद्ध राज भट्ट ६८०) र तर्कराज भट्ट (१०३) निर्वाचित हुन सक्नुभएन ।
काँग्रेस कञ्चनपुरको सहसचिवमा नाफु सिंह साउद (७२६) र पुष्कल चौधरी (६७४) निर्वाचित हुनुभएको छ । प्रतिद्वन्द्वीहरू कविराज भट्ट (६५९), हरि प्रसाद अधिकारी (६१७) र कलक बहादुर सिंह (२९७) निर्वाचित हुन सक्नुभएन ।








प्रतिक्रिया राख्नुहोस्