तपाईँ सुन्दै हुनुहुन्छः

१ सय ५८ जनामा कोरोना संक्रमण, थप २ जनाको मृत्यु

काठमाडौँ । आज देशभर १ सय ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

८ हजार ९ सय १८ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा १ सय ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज संक्रमित ३ सय ४२ जना निको भएका छन् । हालसम्म कूल सङ्क्रमितको ९७ दशमलव ७ प्रतिशत संक्रमित निको भएको मन्त्रालयको तथ्याङ्क छ । 

सङ्क्रमणबाट आज थप २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण ११ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button