वन रक्षक मृत फेला
सुर्खेत । डिभिजन वन कार्यालय भेरी बाबिया चौरमा कार्यरत वन रक्षक मृत अवस्थामा फेला परेका छन् ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–४, विजौरा पोस्टका वन रक्षक ४६ वर्षीय महानन्द आचार्य आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
गए राति चौकुने गाउँपालिकाकै भुडेभावरमा कुलु कर्णाली सामुदायिक वनका अध्यक्ष गङ्गाराम बिसीको घरमा बास बसेका वन रक्षक आचार्य बिहान नउठेपछि सुतेको कोठामा हेर्दा मृत अवस्थामा फेला परेको जिप्रकाका सूचना अधिकारी रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।
पोस्ट मार्टम रिपोर्टपछि मात्र मृत्युको कारण थाहा हुने उहाँको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्