पाँचथरमा मतदाता नामावली सङ्कलन मङ्सिर १७ बाट गरिने
पाँचथर । मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम २०७८ अन्तर्गत पाँचथरमा २ चरणमा नामावली सङ्कलन गरिने भएको छ ।
जिल्लाको हिलिहाङ, फाल्गुनन्द, मिक्लाजुङ र फालेलुङ गाउँपालिकामा पहिलो चरणमा मङ्सिर १७ देखि २६ गतेसम्म सङ्कलन गरिने भएको छ ।
दोस्रो चरणमा याङवरक, तुम्मेवा र कुम्मायक गाउँपालिकामा मङ्सिर २९ देखि पौष ९ गते सम्म नामावली सङ्कलन गरिने जिल्ला निर्वाचन कार्यालय, पाँचथरले जनाएको छ ।
जिल्लामा १ सय १ मतदान स्थल र १ सय ७१ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ ।
२०७८ कात्तिक मसान्त सम्ममा १ लाख ३५ हजार ३ सय उन्नाइस मतदाता नामावली सङ्कलन भइसकेको छ ।
मतदाता नामावली सङ्कलन विशेष कार्यक्रमबाट ३ हजार नामावली थपिने अनुमान गरिएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्