तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक काँग्रेस क्षेत्रिय सभापतिमा तामाङ र बस्नेत विजयी

सिन्धुपाल्चोक । नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र नं. १ को सभापतिमा बालकृष्ण बस्नेत र क्षेत्र न २ को सभापतिमा आइतमान तामाङ विजयी हुनु भएको छ ।

शनिबार सम्पन्न सिन्धुपाल्चोक काँग्रेसको क्षेत्रिय अधिवेशन अन्तर्गत क्षेत्र न १ र २ बाट क्रमशः बस्नेत र तामाङ प्यानलसहित निर्वाचित हुनु भएको हो ।

क्षेत्र न १ का सभापति बस्नेत ७३० मतसहित विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी तीर्थ लामाले २४३  मत प्राप्त गर्नु भएको थियो । क्षेत्र १ को सचिवमा भने सञ्चबीर तामाङ र कृष्णप्रसाद आचार्य विजयी हुनु भएको छ । सहसचिवमा सुजन पौडेल र अजय तामाङ विजयी हुनु भएको छ ।  
त्यस्तै क्षेत्र न २ का सभापति तामाङले प्रत्याशी कृष्णकुमार तामाङलाई पराजित गर्दै १८६ मतको अन्तरले विजयी भएको नेपाली काँग्रेस सिन्धुपाल्चोकले जनाएको छ । विजयी तामाङले ५१७ मत प्राप्त गर्नु भएको थियो भने उहाँको प्रतिद्वन्द्वी कृष्णकुमार तामाङले ३३१ मत मात्र प्राप्त गर्नु भएको थियो । 

क्षेत्र न २ को सचिवमा केशव श्रेष्ठ, विष्णु घोरासैनी विजयी हुनु भएको छ । सहसचिवमा भने दीपकुमार तामाङ र कृष्ण मुरारी चौलागाँइ विजयी हुनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button