तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोट बस दुर्घटना : ३ जनालाई हेलिकप्टरबाट र अन्य ८ जनालाई गाडीबाट नेपालगन्ज लगियो

जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । गम्भीर ३ जनालाई हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ भने ८ जनालाई गाडीबाट सुर्खेत नेपालगन्ज लगिएको छ । 

नेपालगन्जदेखि रुकुम पश्चिमको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस भेरी नगरपालिका १३, कुदु स्थित बराह चौनजिक दुर्घटना भएको थियो । मृत्यु हुनेमा नलगाड ३, करुवाका ३२ वर्षीय शेरबहादुर परियार, कुशे ९ पैककी १८ बर्षीया अनिता नेपाली, सप्तरी राजविराज १ घर भई दीपेन्द्र मावि बारेकोटका शिक्षक ४० वर्षीय गङ्गाराम यादव, पश्चिम रुकुम आठविसकोट ५ की २५ बर्षीया सन्ध्या मल्ल शाही र उनको ४ बर्षीया छोरी विद्या शाहीको ज्यान प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले बताउनु भयो । 

गम्भीर घाइते नलगाड ४ की आस्था वली, कुशे ९ का देवीसरा नेपाली र वीर बहादुर नेपाली हेलिकप्टरबाट शिक्षण अस्पताल नेपालगन्ज रिफर गरिएको छ । बस सडकभन्दा करिब २ सय ५० मिटर तल खसेको छ । 

तीव्र गति तथा सिट क्षमता भन्दा बढी यात्रु भएका कारण बस दुर्घटना भएको घाइतेहरूको भनाई छ । बसमा ३२ जना यात्रु सवार थिए । राति बस दुर्घटना भएका कारण उद्धारमा ढिलाइ भएको थियो । सामान्य घाइतेहरूको जाजरकोट अस्पतालमा उपचार भई रहेको डाक्टर पुष्प श्रेष्ठले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button