संयोजक यादवको राजीनामा स्वीकृत, संयोजकमा घिमिरे नियुक्त

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय निर्वाचन समितिको संयोजक महादेव प्रसाद यादवले पदबाट दिनु भएको राजीनामा स्वीकृत भएको छ ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष वरिष्ठ अधिवक्ता महादेव प्रसाद यादवले आफ्नो स्वास्थ्यको कारण जनाई पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजक पदबाट राजीनामा दिनुभएको थियो ।
यादवले दिनुभएको सो राजीनामा सभापति देउवाले पार्टी विधान बमोजिम स्वीकृत गर्नु भएको काँग्रेसद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
साथै रिक्त केन्द्रीय निर्वाचन समितिको संयोजकको पदमा सोही समितिका वरिष्ठ सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई मनोनयन गर्नु भएको समेत विज्ञप्तिमा जनाइएको छ।








प्रतिक्रिया राख्नुहोस्