तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश सडक आश्रित मानवमुक्त प्रदेश घोषणा

कास्की । गण्डकी प्रदेश सरकारले सडक आश्रित सहयोगापेक्षित मानवमुक्त प्रदेश घोषणा गरेको छ । 

घोषणा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देशको राजनैतिक घटनाले नयाँ सरकार गठन भएपश्चात् ठुलो परिवर्तन गर्न नसके पनि जनभावना अनुरूपको काम गरेको बताउनुभयो  । 

उहाँले  सरकारले ठुला तथा विकास निमार्णका योजनादेखि बजेट समेत नेकपाकै सरकारले तय गरेको र बजेट आउन एक दिन बाँकी रहँदा सरकार परिवर्तन भएकाले आफूहरूले आकर्षित काम गर्न नसकेको बताउनुभयो । 

शिक्षा,संस्कृति,विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले सडक मानव मुक्त प्रदेश घोषणा प्रस्ताव पेश गर्नु भएको थियो  । घोषणासँगै सडक मानव मुक्त गर्ने दोस्रो प्रदेश बनेको छ । यस अघि कर्णाली प्रदेशले उक्त अभियानको घोषणा गरेको थियो । लैङगीक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रममा प्रदेशलाई सहयोगापेक्षित प्रदेश घोषणा गरिएको  थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button