जाजरकोटमा बस दुर्घटना : ५ जनाको मृत्यु, २९ जना घाइते (अपडेट)

जाजरकोट । जाजरकोटमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । मृत्यु हुनेमा जलगाड ३ का शेर बहादुर परियार, आठविसकोट नगरपालिका २ रुकुम पश्चिमका ४ वर्षीया दिव्या शाही र सप्तरीको राजविराज नगरपालिका १ घर भई हाल दीपेन्द्र मावि बारेकोटका शिक्षक गङ्गाराम यादव,आठकोटेकी १५ वर्षीया सन्ध्या मल्ल शाही र कुशे ९ की १८ बर्षीय अनिता नेपाल रहेको हाम्रो संवाददाताले जनाएका छन् ।
नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना६ख २७५७ नम्बरको बस आज बिहान साढे २ बजेतिर जाजरकोटको भेरी नगरपालिका १३ कुदु बराहचौक भन्ने स्थानमा दुर्घटनामा परेको हो । बस सडकभन्दा करिब १ सय ५० मिटर तल खसेको थियो । घाइतेहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्