‘उत्पादन वृद्धि गरी जनताको जीवनस्तर सुधार गर्नुपर्छ’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा उद्यमशीलताको विकास गरेर मात्र समाजवादी व्यवस्थालाई समुन्नत बनाउन सकिने बताउनुभएको छ ।
आज काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ नेता खनालले विश्वव्यापीकरणको प्रभाव समाजवादी अर्थतन्त्रमा पर्ने हुँदा उत्पादन वृद्धि गरी जनताको जीवनस्तर सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका वरिष्ठ नेता खनालले सरकारले कृषि क्षेत्रमा लगानी वृद्धि गरी आम्दानी बढाउन सकेमा समाजवाद सफल हुने विश्वास व्यक्त गर्दै पूँजी, प्रविधि, व्यवस्थापकीय सीप भित्र्याउनुपर्ने सुझाव दिनुभयो ।
वरिष्ठ नेता खनालले दलाल पूँजीवादसँग जुधेर सामाजिक रूपान्तरण र देश विकासको पक्षमा लाग्नुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्