तपाईँ सुन्दै हुनुहुन्छः

पार्टी सङ्गठनलाई उत्पादनसँग जोड्नुपर्छ: अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी अर्थतन्त्रको आधार तयार पार्न पार्टी सङ्गठनलाई उत्पादनसँग जोड्नुपर्ने बताउनुभएको छ । 

माओवादी केन्द्रको पालिका स्तरीय अधिवेशनलाई शनिबार भर्चुअल सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री प्रचण्डले संविधानले कल्पना गरेको समाजवादी अर्थतन्त्रको आधार निर्माणका लागि पार्टी सङ्गठनलाई उत्पादनका गतिविधिसँग जोड्दै आर्थिक विकासलाई गति दिनुपर्ने बताउनुभयो । 

अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिमा माओवादी केन्द्र कमजोर हुँदा परिवर्तनका एजेन्डाहरू समेत कमजोर हुने बताउनुहुँदै सक्रिय र दृढताका साथ सङ्गठन निर्माण लाग्न कार्यकर्ताहरूलाई आग्रह समेत गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button