थप २ सय १३ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
काठमाडौँ । आज देशभर २ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
६ हजार ६ सय ३२ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ सय १३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज ३ सय २५ संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेको मन्त्रालयको तथ्याङ्क छ ।
संक्रमण कारण आज थप ३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय २१ पुगेको छ ।
हाल देशभर ७ हजार १ सय ५६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार आज १ लाख १५ हजार ४ सय ३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्