तपाईँ सुन्दै हुनुहुन्छः

नेतृत्व चयन सहमतिमै हुन्छ: अध्यक्ष ओली

चितवन । नेकपा एमालेको जारी १० औँ महाधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन हुने भएको छ ।

नेतृत्व चयनका लागि सबै सहमति भइसकेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले बताउनुभएको हो । सौराहास्थित बन्द सत्र हलभित्र छिर्ने क्रममा पत्रकारहरूलाई छोटो प्रतिक्रिया दिनुहुँदै उहाँले सहमति भइसकेको दाबी गर्नुभयो । 

बन्द सत्र हलभित्र प्रवेश गर्नुअघि पत्रकारहरूले सहमतिको प्रयासबारे राखेको जिज्ञासामा ओलीले ‘अँ सबै भइसक्यो’ भन्ने प्रतिक्रिया दिनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button