३ दिनदेखि बेपत्ता बालक सकुशल भेटिए
अछाम । ३ दिनदेखि बेपत्ता भएका अछामका २ जना बालक सकुशल भेटिएका छन् ।
मङ्सिर ७ गतेदेखि हराइरहेका रामारोशन गाउँपालिका वडा नम्बर ४ बाटुलासैनका २ बालक अछामकै जयगढ बजारमा भेटिएका हुन् ।
बाटुलासैनको खिराकाट्या टोल बस्ने मन्दिरे विकका १४ वर्षका छोरा लाल विक र काले विकका १३ वर्षका छोरा दीर्घ विक विद्यालय जान्छु भनी घरबाट हिँडेपछि मङ्सिर ७ गतेदेखि नै परिवारको सम्पर्कमा आएका थिएनन् ।
उनीहरूलाई सकुशल आफन्तको जिम्मा लगाइएको अछामका प्रहरी प्रमुख डिएसपी तुलसीराम अर्यालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्