तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ सदस्यता थपे सँगै माओवादी पहिलो पार्टी बन्ने : बलदेव

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य चक्रपाणि खनाल (बलदेव)ले नेकपा माओवादी केन्द्र मुलुकको पहिलो पार्टी बन्ने उद्घोष गर्नुभएको छ । 

कपिलवस्तुको शिवराज नगर समितिको ऐतिहासिक सम्मेलनलाई सम्बोधन गर्दै खनालले केपी ओलीकै कारण कम्युनिष्ट पार्टी छुट्टिने अवस्था आएको बताउनुभयो । देशमा रहेका सबै कम्युनिष्टहरुलाई एकजुट गराउने प्रचण्डको योजना केपी ओलीको स्वार्थ कारण पुरा हुन नसकेको बताउनुभयो । दश वर्ष सम्म आन्दोलन गरी ल्याएको व्यवस्थामा अहिले अरू कसैले राज गरिरहेको बताउँदै अब यी व्यवस्था चलाउन सबै माओवादी आउने जिकिर गर्नुभयो ।

दुई पार्टी एक हुँदा कतिपय माओवादीका कर्मठ योद्धाहरू नै छुटेको हुँदा अब सबैलाई समेटेर पार्टीलाई मजबुत बनाउन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । ‘अब आउने निर्वाचनमा माओवादी पार्टी पहिलो दल बन्ने छ, त्यही अनुसार तपाईँहरू काम गर्नुस्’ खनालले भन्नुभयो ‘सर्घष वाट आएको परिणाम लाई व्यवहारमा उतार्ने जिम्मेवारी तपाई हाम्रो हो, ।

पूर्व मन्त्री समेत रहनुभएका खनालले विप्लव सँग पनि एकताको विषय अघि बढेको बताउनुभयो । विविध कारणले छुट्टिएका माओवादीहरू अब एक भएर निर्वाचन सँगै जनताको सेवामा लाग्नुपर्ने तर्क राख्नुभयो । देशभर ८ लाख बढी माओवादीका क्रियाशील सदस्यहरु रहेको बताउँदै दश वर्षे आन्दोलनको समय भन्दा अहिले उल्लेखनीय सहभागिता रहेको जनाउनुभयो ।

सम्मेलनमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र शाहले जिल्लाका सबै पालिकाहरूमा आज एकै साथ सम्मेलन सुरु भएको बताउनुभयो । पार्टीलाई बलियो बनाउन नयाँ नेतृत्व आवश्यक रहेको जिकिर गर्दै सम्मेलनले चयन गर्ने नेतृत्वलाई बधाई ज्ञापन गर्नुभयो । नगर अध्यक्ष द्रोण बहादुर पुन(दिनेश)को अध्यक्षतामा सुरु भएको सम्मेलनको सञ्चालन सचिव भरत पोख्रेलले गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button