तपाईँ सुन्दै हुनुहुन्छः

एमाले १०औँ राष्ट्रिय महाधिवेशन : सुरु भयो बन्द सत्र (फोटोफिचर सहित)

चितवन । चितवनमा जारी नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सुरु भएको छ । 

पूर्वी चितवनको सौराहास्थित होटल सेभेन स्टारको बन्द सत्र हलमा अध्यक्ष केपी शर्मा ओली पुग्नुभएको छ । बन्द सत्र सुरु हुने स्थानमा एमाले प्रतिनिधि पनि जान थालेका छन् ।

बन्दसत्रको उद्घाटन सत्रमा एमाले महाधिवेशनको निमन्त्रणामा नेपाल आएका विदेशी पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्नु हुनेछ ।

महाधिवेशनको बन्दसत्रले एमाले केन्द्रीय कमिटीको बैठकले हिजो साँझ गरेको विधान संशोधनलाई पनि अनुमोदन गर्ने छ ।

बैठकले १०औँ महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यको सङ्ख्या थप गरेको थियो । हिजो सुरु भएको एमाले महाधिवेशनमा आज उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button