तपाईँ सुन्दै हुनुहुन्छः

बहुविवाह मुद्दामा फरार महिला पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले बहुविवाह मुद्दामा फरार महिलालाई पक्राउ गरेको छ । जिल्लाको बराहताल गाउँपालिका–१०, की लक्ष्मी सारु मगरलाई प्रहरीले शुक्रवार सदरमुकाम वीरेन्द्रनगरबाट पक्राउ गरेको हो । 

सुर्खेत जिल्ला अदालतले सारु मगरलाई  बहुविवाह मुद्दामा एक हजार रुपैयाँ नगदसहित १ बर्ष ६ महिना कैद सजाय फैसला गरेको थियो । अदालतको फैसलापछि फरार सारु मगरलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी (डिएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button