एमाले महाधिवेशनको बन्दसत्र आज

काठमाडौँ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ ।
नारायणी नदी किनारमा शुक्रवार औपचारिक उद्घाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्द सत्र आज सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो ।
एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुशार बन्द सत्रको उद्घाटन आज बिहान १०ः०० बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ ।बन्द सत्रमा अध्यक्ष ओली तथा विदेशी अतिथिले सम्बोधन गर्नुहुने छ ।
बन्दसत्रमा विधान संशोधनको विषयमासमेत छलफल हुनेछ । हिजो मात्रै केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रिय पदाधिकारी र सदस्य संख्या थप्ने निर्णय भएको छ । यसलाई बन्दसत्रमा पेश गरिनेछ ।
यस्तै, आज नै बेलुका ६ बजेसम्म उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ताको समय रहेको निर्वाचन समितिले जनाएको छ ।
आजै बेलुका साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने र भोलि मतदान गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्