थप २ सय ७० जनामा कोरोना संक्रमण
काठमाडौँ । कोरोना भाइरसबाट आज थप २ सय ७० जना संक्रमित भएका छन् ।
आज ७ हजार ८ सय २९ नमूनाको पिसिआर परीक्षण गर्दा २ सय ४२ जना र २ हजार ६ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी आज थप ३ सय २ जना कोरोना संक्रमण मुक्त भएका छन् भने थप २ जनाको मृत्यु भएको छ ।
मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा ७ हजार २ सय ८७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने संक्रमण मुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्