तपाईँ सुन्दै हुनुहुन्छः

आगामी निर्वाचनमा एमालेको एकल बहुमत : अध्यक्ष ओली

चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा पार्टीको लागि नभई देशको लागि एकल बहुमत ल्याउनुपर्ने बताउनु भएको छ ।

चितवनको नारायणी नदी किनारमा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शत्रमा मन्तव्य राख्दै अध्यक्ष ओलीले देश बनाउनका लागि एमालेले बहुमत ल्याउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तीनै तहको चुनाव आउँदै छ, सङ्घीय चुनाव आउँदै छ । अब हामी चुनावको तयारीतर्फ पनि जाँदै छौ । एमालेको लागि नभई देशको लागि एकल बहुमत ल्याउनुपर्छ । देश बनाउन, सार्वभौम सत्ताको रक्षा, लोकतन्त्रका रक्षा, संविधानको रक्षा र कार्यान्वयनको लागि एमालेले बहुमत ल्याउनुपर्छ ।’ उनले परमादेशबाट सरकार फेरिने जस्ता असंवैधानिक कुराहरूमा नजाऊ भनेर जनताका बीचमा जान खोज्दा अन्य शक्तिहरू त्रसित भएको दाबी गर्नुभयो ।

उहाँले दिगो विकास लक्ष्य नौ वर्षभित्र नै हासिल गर्नुपर्ने बताउनुभयो । उहाँले लोकतन्त्र सामाजिक न्याय, विकास, समृद्ध नेपाल र एकताको लागि भएको विचार राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button