काँग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित

धनगढी । नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित भएको छ । आज मङ्सिर १० गतेका लागि तय भएको जिल्ला अधिवेशन अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको काँग्रेस कैलालीले जनाएको छ ।
यही मङ्सिर १६ र १७ गते धनगढीमा आयोजना हुने पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनको व्यवस्थापनको जिम्मेवारी काँग्रेस कैलालीलाई दिएको र त्यसको प्राविधिक तथा व्यवस्थापकीय तयारीमा लाग्नु पर्ने भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको काँग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताउनु भयो ।
कैलालीमा काँग्रेसको वडा, पालिका, प्रदेश सभा तथा प्रतिनिधि सभा ९क्षेत्रिय० अधिवेशन सम्पन्न भएको र कैलालीबाट क्षेत्रिय सभापति सहित १ सय ३० जना महाधिवेशन प्रतिनिधि चयन भएको उहाँले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्