तपाईँ सुन्दै हुनुहुन्छः

अध्यक्ष ओलीद्वारा नवयुग अनलाइनको शुभारम्भ

भरतपुर । नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आधिकारिक मुख पत्र ई नवयुग डटकमको शुभारम्भ गर्नुभएको छ । 

लामो समयदेखि पार्टीको मुख पत्रका रुपमा रहेको नवयुग पत्रिका अबदेखि डिजिटल रुपमा प्रसारण हुने र त्यसमा पार्टीका आधिकारिक धारणा, गतिविधि र दस्ताबेज रहने एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

नारायणी किनारमा निर्मित मञ्चमा पार्टीका अध्यक्ष ओलीले उद्घाटन गरेपछि अहिले विभिन्न दलका नेताको शुभकामना मन्तव्यको क्रम जारी छ ।

सभामा शुभकामना दिन प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विशेष अतिथिका रुपमा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button