तपाईँ सुन्दै हुनुहुन्छः

छोराको कुटपिटबाट आमाको मृत्यु

पाल्पा । पाल्पाको रिब्दिकोट–८ पेलाचौरमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । 

६२ बर्षकी मेनु सारुलाई मादक पदार्थ सेवन गरेका ४३ वर्षका आफ्नै जेठा छोरा कृष्ण बहादुर सारुले सालको लठ्ठी प्रयोग गरी कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button