तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशन : जुम्लाबाट २५ जना महाधिवेशन प्रतिनिधि चुनिए

खलङ्गा  । नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ जना महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो ।    

    
सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।

निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही (५०९), राजुसिंह कठायत (४९२), भक्तबहादुर रोकाया (४८१), दिनबन्धु श्रेष्ठ (४७९), धनबहादुर बस्नेत (४५१), कर्णजङ्ग हमाल (४४१), गोविन्दबहादुर शाही (४३९), गौरीनन्द आचार्य (४३८), दिलबहादुर महत (४३८) र लङ्कबहादुर शाही (४३४) रहनुभएको छ ।

महिलातर्फ कान्तिका सेजुवाल (५१२), भगवती श्रेष्ठ (४८१), पुन्नकली महतारा (४४७) र गीता शाही (४४६) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।    
    

यस्तै खस आर्य पुरुषतर्फ ललितजङ्ग शाही (५१५), जयहरि आचार्य (५००), पदमबहादुर शाही (४७०) र लक्ष्मीप्रसाद उपाध्याय (४१२), खस आर्य महिलातर्फ रामदेवी खड्का (४७३), उर्मिला खत्री भण्डारी (४५०), उमा बुढा रावत (४२३) र दिलकुमारी हमाल (४२२) विजयी हुनुभएको छ ।    
    

यसैगरी दलित पुरुषतर्फ कृष्ण कामी (४६९), दलित महिलातर्फ लक्ष्मी कामी (४६३) र अपाङ्गतर्फ विष्णुबहादुर शाही (४५७) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत बस्नेतले जानकारी दिनुभयो ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button