तपाईँ सुन्दै हुनुहुन्छः

ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु

जनकपुर।  बालुवा लोड गरेको ट्र्याक्टरमा च्यापिएर धनुषाको नक्टाझिजमा आज ट्र्याक्टर चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ज१त ४१७२ नम्बरको ट्र्याक्टरका चालक धनुषाको मिथिला नगरपालिका–७ निवासी २५ वर्षीय चेतन महतो रहेको प्रहरीले जनाएको छ । लोड गरिएको बालुवा झार्ने क्रममा अचानक इन्जिनमाथि उठ्दा च्यापिएर चालक महतोको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

शव परीक्षणको लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button