भारतीय सेनाद्वारा नेपाली सेनालाई ट्रक हस्तान्तरण

काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई सहयोग स्वरूप उपलब्ध गराएको पाँच वटा वर्कसप ट्रक आज हस्तान्तरण गरेको छ ।
काठमाडौँमा सम्पन्न भएको नेपाल–भारत द्विपक्षीय परामर्श समूहको १३औँ बैठकमा सहमति भए बमोजिम आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच भारतीय सेनाले नेपाली सेनालाई सहयोग स्वरूप उपलब्ध गराएको पाँच वटा वर्कसप ट्रक हस्तान्तरण गरेको हो ।
मित्रराष्ट्र भारतका सैनिक सहचारी कर्नेल अमित शर्माले हतियार तथा नियन्त्रित उपकरण व्यवस्था निर्देशनालयका निमित्त निर्देशक सहायक रथी कृष्णदेव भट्टलाई ट्रक हस्तान्तरण गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।
यस किसिमको सहयोगले दुई देशबीचको सैनिक सम्बन्ध थप मजबुद एवं प्रगाढ हुनुका साथै नेपाली सेनाको अप्रेशनल क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्