ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
टीकापुर कैलाली । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
लम्कीचुहा नगरपालिकाको लम्की बजारस्थित पूर्वपश्चिम राजमार्गमा ना२ख ९३७० नम्बरको ट्रकको ठक्करबाट महिलाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्रकले मध्यान्ह १२ बजेतिर ठक्कर दिँदा मृत्यु भएकी करिब ३५÷४० वर्षको जस्तो देखिने महिलाको अहिलेसम्म सनाखत नभएको प्रहरीले जनाएको छ ।
महिलाको मृत्यु भएपछि आक्रोशित स्थानीयहरूले ट्रकमा आगजनी गरेका छन् ।
ट्रकमा आगजनी भएपछि लम्कीको अवस्था तनावग्रस्त भएको र त्यसलाई नियन्त्रणका लिन प्रहरीले आधा दर्जनभन्दा बढी सेल अश्रुग्याँस प्रहार गरेको छ ।
अहिले लम्की बजार तनावग्रस्त अवस्थामा रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्