तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छली ल्याइएको ४९ बोरा मटरसहित ९ वटा मोटरसाइकल नियन्त्रणमा

जनकपुरधाम  । भन्सार छली गरी भारतबाट चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको ४९ बोरा मटरसहित ९ वटा मोटरसाइकल धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीको गस्ती टोलीले धनुषाको मुखियापट्टी मुसरहनिया गाउँपालिका वडा नंं ६ बहेडाबेलास्थित सडक खण्डबाट ११ वटा भारतीय तथा नेपाली मोटरसाइकलमा राखेर ल्याउँदै गरेको हरियो मटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले गए राति सूचना जारी गर्दै जनाएको छ । 

प्रहरीलाई देखेपछि तस्करहरू भाग्दा २५ किलोको दरले ४९ वटा बोरामा ल्याएको हरियो मटरसहित मोटरसाइकल नियन्त्रणमा लिएको धनुषाका निमित्त प्रहरी प्रमुख एवं प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिनुभएको छ । 

बरामद भएको हरियो मटर र मोटरसाइकल ११ लाखभन्दा बढी मूल्यको रहेको प्रहरीले जनाएको छ । 

नियन्त्रणमा लिएको मोटरसाइकल र मटर आवश्यक कारबाहीको लागि जनकपुर भन्सार कार्यालयमा पठाएको जनाएको छ । 

अहिले नेपालभन्दा भारतमा नै सस्तो हरियो मटर भएकाले भारतबाट नेपालतर्फ तस्करी हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button