कुम्मायक गाउँपालिकामा मालपोतको घुम्तिशिविर सुरु
पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा आइतबारदेखि मालपोतको घुम्तिशिविर सञ्चालनमा आएको छ । गाउँपालिकाको समन्वय तथा जिल्ला मालपोत कार्यालयको प्राविधिक सहयोगमा शिविर सञ्चालन आएको हो ।
मङ्सिर ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने घुम्तिशिविरको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले उद्घाटन गर्नुभएको थियो । नागरिकलाई गाउँ घरमै मालपोत सम्बन्धी सम्पूर्ण सेवा दिने उद्देश्यले जिल्लाका सबै स्थानीय तहमा सात दिने शिविर सञ्चालन गर्दै आएको कार्यालयले जनाएको छ ।
शिविरमा अंशबन्डा, लिखित पारित २५ जना, नामसारी ४०, संशोधन र घर कायम ९ र प्रतिलिपि २७ गरी १ सय १ जनाले प्रत्यक्ष सेवा लिएको जिल्ला मालपोत कार्यालयका प्रमुख बाबुराम पोख्रेलले जानकारी दिनुभयो । त्यस्तै शिविर सञ्चालन भएको तीन दिनको अवधिमा ५ सय ५० जनाले सेवा लिएका छन् ।
सात दिनसम्म सञ्चालन हुने शिविरमा अंशबन्डा, धनिपुर्जा वितरण, नामसारी, बकसपत्र, दृष्टिबन्धकी, भोगबन्धकी, लिखित पारित जग्गाधनीको विवरण लगायत सम्बन्धी सम्पूर्ण सेवा सञ्चालन हुने मालपोत कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्