तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस महाधिवेशन : डोटीमा पार्टी सभापतिमा सिंह विजयी

डोटी। नेपाली कांग्रेस को १४ औँ महाधिवेशनका लागि बुधवार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी हुनुभएको छ । बुधवार सम्पन्न भएको निर्वाचनमा कूल ९८७ मत खसेका थिए । त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गर्नुभएको छ । सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले विजयी हुनुभएको हो ।

मङ्गलवार भएको निर्वाचनमा कूल खसेका मतमध्ये ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसकेका कारण बुधवार सभापतिका लागि पुनः निर्वाचन भएको थियो । सभापतिका लागि सिंह र बडुका बीच दोस्रो चरणमा मतदान भएको हो । मङ्गलवार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार रहेका थिए ।

कुल मतदाता एक हजार १०७ रहेका थिए । बुधवार भएको निर्वाचनमा २२ मत बदर भएका निर्वाचन समितिले जनाएको छ । मङ्गलवार पहिलो चरणमा भएको निर्वाचनमा सिंहले ३५८, बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button