तिला गाउँपालिकाका ३० गाउँ छाउ गोठमुक्त
जुम्ला । जुम्लाको तिला गाउँपालिकाका ३० वटा गाउँ छाउ गोठमुक्त घोषणा भएका छन् ।

चालु आर्थिक वर्षभित्र गाउँपालिकालाई नै छाउ गोठमुक्त गरिने तयारीका साथ तिलाका ३० गाउँ छाउ गोठमुक्त घोषणा भएका हुन् ।
तिला गाउँपालिकालाई निकट भविष्यमै छुई गोठमुक्त घोषणा गर्ने तयारी अनुसार गैरसरकारी निकाय सर्वोदय नेपाल र तिला गाउँपालिकाको समन्वयमा ३० गाउँ छुई गोठमुक्त घोषणा भएको तिला गाउँपालिका उपाध्यक्ष विष्णुमाया बुढाले बताउनुभयो ।
जिल्लाकै पहिलो छुई गोठमुक्त पालिका घोषणा गर्ने तयारी अनुसार महिला, धामी झाँक्री स्वयम अभियानमा सक्रिय भएकोले सहज भएको उपाध्यक्ष बुढाको भनाई छ । उहाँका अनुसार छाउपडी प्रथा महिलाको वृद्धि विकासको बाधक हो ।








प्रतिक्रिया राख्नुहोस्