तपाईँ सुन्दै हुनुहुन्छः

जुम्ला काँग्रेस सभापतिमा देउवा पक्षका शाही विजयी

जुम्ला । नेपाली कांग्रेस जुम्लाको सभापतिमा देउवा पक्षका पक्षका सभापतिका उम्मेदवार कर्णबहादुर शाही विजयी हुनुभएको छ । सभापति शाहीले खसेको कुल ९८१ मतमध्ये ४७४ मत ल्याएर विजयी हुनुभएको हो । 

उहाँका प्रतिस्पर्धी पौडेल पक्षका उम्मेदवार दीपबहादुर शाहीले ४६९ मत ल्याउनुभएको हो । ५ मतको अन्तरले संस्थापन पक्षका उम्मेदवार तथा तातोपानी गाउँपालिका वडा नं. ८ निवासी कर्ण बहादुर शाही विजयी हुनुभएको निर्वाचन अधिकृत हसिना प्रधानले जानकारी दिनुभयो । 

सभापति शाहीबाहेक अन्य सबै पदाधिकारीमा भने पौडेल पक्षीय प्यानल नै विजयी भएको छ । जसमा पौडेले पक्षीय उपाध्यक्षमा दिपक र  कार्मा बुढा विजयी भएका छन् ।  उपाध्यक्ष शाहीले ५१६ र बुढाले ४८६ मत प्राप्त गरेका छन् । 

सचिव अर्जुनसिंह कठायत र लक्ष्मण शाही सचिव पदमा विजयी हासिल गरेका छन् । सचिव कठायतले ५१८ र सचिव शाहीले ४५७ मत प्राप्त गरेका छन् । सहसचिवद्वय नन्दप्रसाद चौलागाई  ५०० र धनेन्द्र बोहोराले ४४८ मत प्राप्त गरेर विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button