तपाईँ सुन्दै हुनुहुन्छः

नागरिक लगानी कोषद्वारा रु एक करोड ६८ लाख कोभिड मृत्यु भुक्तानी

काठमाडौँ । नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई रु एक करोड ६८ लाख भुक्तानी गरेको छ ।  

कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई  राहत पुर्‍याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही रु दुई लाख उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।

सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु हुनेलाई सो रकम उपलब्ध गराएको जनाएको छ ।

कोषले हालसम्म कोभिडबाट मृत्यु भएकाका ८४ सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो । 

कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई आज रु दुई लाखको चेक हस्तान्तरण गर्नुभएको थियो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button