तुलसीपुर—कपुरकोट सडक खण्ड दैनिक सात घण्टा बन्द हुने
घोराही । राप्ती राजमार्गको तुलसीपुर—कपुरकोट सडक खण्डमा सवारी आवागमन बन्द हुने भएको छ । सडक खण्डको राम्री—चोरखोला खण्डको सडक स्तरोन्नति कार्य सुरु भएकोले मङ्सिर २१ गतेसम्म सवारी आवागमन बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना प्रकाशन गर्दै मङ्सिर ७ गतेदेखि २१ गतेसम्म सवारी आवागमन बन्द हुने जनाएको छ । सडक डिभिजन कार्यालय घोराहीको आग्रहमा दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म दिउसो ११ बजेदेखि ३ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सवारी आवागमन बन्द हुने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय दाङले सडक स्तरोन्नति कार्यमा समस्या भएपछि सवारी आवागमन कार्यलाई दैनिक सात घण्टा बन्द गरिएको हो । सडकको स्तरोन्नति कार्यलाई जारी राख्न सवारी आवागमनलाई पनि व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक सूचना प्रकाशन गरेको जनाएको छ ।
यसअघि पनि जिल्ला प्रशासन कार्यालय सल्यानले कपुरकोट—राम्री सडक खण्डको स्तरोन्नतिका क्रममा सवारी आवागमनमा रोक लगाएको थियो । सडक साँघुरो हुँदा सवारी साधन सञ्चालनमा समस्या भएपछि सडक डिभिजन कार्यालय दाङले सडक स्तरोन्नति कार्यलाई जारी राखेको छ ।








प्रतिक्रिया राख्नुहोस्