तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुर क्षेत्र नं.१ को कांग्रेस सभापतिमा खत्री विजयी

भक्तपुर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत मंगलबार भक्तपुरमा निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधि छानिएका छन् । काँग्रेसले दिएको जानकारी अनुसार १ नं. क्षेत्रको सभापतिमा जीवन खत्री निर्वाचित हुनुभएको छ । खत्रीले २७१ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी उद्धव खड्काले ११६ मत प्राप्त गर्नुभयो । खड्का संस्थापन इतर समूहका हुनुहुन्छ । खत्री वर्तमान क्षेत्रीय सभापति हुनुहुन्छ भने खड्का क्षेत्रीय सचिव हुनुहुन्छ ।

त्यसैगरि सचिवमा समुन्द्र थापा र रविन कुमार के.सी, सहसचिवमा राम काजी भुज र राजेश्वर वन निर्वाचित भएका छन् । १ नं. क्षेत्रबाट छानिएका १४ औँ महाधिवेशन प्रतिनिधिहरूमा प्रवीण वन, बाबुराजा जोशी, राधा कार्की (सरु बानियाँ), कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का, दयामान कर्माचार्य, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषोत्तम लामिछाने, मनोज कुमार थापा रहेका छन् । 

सुभद्रा काफ्ले, संगिता फुयाँल, रुपा थापा, गंगालक्ष्मी अवाल, रजनी जोन्छे, रञ्जना कक्षपति, सुरेश श्रेष्ठ, रत्न सुन्दर खाइतु, जीवन भुजूँ, केशव दुवाल, हरि कृष्ण श्रेष्ठ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । त्यसैगरी जीवन खत्री, गोविन्द थापा, नवराज दाहाल पनि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित मध्य ४ जना बाहेक अन्य सबै संस्थापन पक्षका हुन् ।

महाधिवेशन प्रतिनिधिमा नेपाल तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष विनोदप्रकाश कायस्थ पराजित हुनुभएको छ । महाधिवेशन प्रतिनिधि खुल्लामा प्रतिस्पर्धा गरेका कायस्थले १६५ मत प्राप्त गर्नुभयो । महाधिवेशन प्रतिनिधिमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल सर्वाधिक लोकप्रिय मत २५१ प्राप्त गरी विजयी हुनुभयो ।

महाधिवेशन प्रतिनिधि खुलामा कुनै समूहमा नबसी एकल उम्मेदवारी दिएका कांग्रेस भक्तपुरका वरिष्ठ नेता प्रविण वन १९३ मतका साथ विजयी हुनुभयो । त्यस्तै संस्थापन पक्ष इतर समूहका बाबुराजा जोशी पनि २०७ मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ । उहाँ कानुन आयोगका पूर्व अध्यक्ष र वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button