तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व मन्त्री दुलालद्वारा आगलागी पीडितलाई राहत वितरण

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको इचोकमा भएको आगलागी पीडितलाई राहत वितरण गरिएको छ । 

बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलाल, वाइसियल जिल्ला इन्चार्ज सुरेश राना, नेकपा माओवादी २ नम्बर क्षेत्रीय अध्यक्ष भरत थापा, हेलम्बु अध्यक्ष पेमा ह्योल्मो, जिल्ला कमिटी सदस्य सिपी दुलाल, हेलम्बु ५ का अध्यक्ष मिङमार तामाङ लगायतको टोलीले आज घटनास्थल पुगेर राहत सामग्री वितरण गरेको हो । 

प्रति परिवार रु १७ हजार नगद, जस्ता ३ बन्डल, खाद्यान्न, भाँडाकुँडा, लत्ताकपडा लगायत ५६ हजारको सामग्री वितरण गरिएको जिल्ला कमिटी सदस्य सिपी दुलालले जानकारी दिनुभयो । 

हिजो साँझ इचोक सुर्सिङ झाँक्री टोलमा आगलागी हुँदा ३ बालकको ज्यान गएको थियो । ढुङ्गा, माटो र टिनले छाएको एक तले गोठमा मकैको ढोड र खोस्टामा आगो सल्किदा आगलागी भएको प्रहरीले जनाएको छ ।

पीडितको लागि केही सामग्री वितरण गरिएको भन्दै पूर्व मन्त्री दुलालले आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । सहयोगप्रति पीडित परिवारले आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button