तपाईँ सुन्दै हुनुहुन्छः

‘सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी’

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले कृषि र शिक्षालाई बढवा दिने गरी काम गरिरहेको बताउनुभएको छ ।

रुपन्देहीको मर्चवारीमा आज कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले हिउँदे बाली लगाउने बेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या छिटो समाधान गर्ने बताउनुभयो । 

File Photo

उहाँले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको उल्लेख गर्नुहुँदै सीमा क्षेत्रका नागरिकले सीमा मिचिनबाट जोगाएकोमा उच्च प्रशंसा गर्नुभयो । 

गृहमन्त्री खाँणले हरेक नेपालीको जीवन रक्षा गर्नु नेपाल सरकार र नेपाली काँग्रेसको पहिलो लक्ष्य रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button