भू–उपग्रह प्रक्षेपणको तयारीका लागि ४ कम्पनी छनौट
काठमाडौँ । नेपालको आफ्नै भू–उपग्रह प्रक्षेपण गर्नका लागि आवश्यक पर्ने नियमन, कानूनी संरचना, व्यावसायिक ढाँचा र बिड डकुमेन्ट तयार विभिन्न चार कम्पनी छनौटमा परेका छन् ।
नेपाल दुरसंञ्चार प्राधिकरणले हालै प्रस्ताव माग गरेकोमा आठ आवेदकहरू मध्येबाट चार कम्पनी छनौट भएको प्राधिकरणले जनाएको छ ।
छनोटमा परेका कम्पनीहरूमा फ्रान्सको यूरोकन्सल्ट, टर्कीको टिआरके स्याट, दुबईको एसथ्रीटेल र थाइल्यान्डको थाइकम पब्लिक कम्पनी लिमिटेड रहेका छन् ।
त्यसमध्ये यूरोकन्सल्ट, एसथ्रीटेल इंक यसअघि प्राधिकरणले माग गरेको आशय पत्रको प्रतिस्पर्धामा समेत सहभागी थिए ।
यी दुवै कम्पनीहरू त्यस बेला समेत अन्तिम संक्षिप्त सूचीमा पर्न सफल भएका थिए । तर त्यस बेला प्राधिकरणले सो आशय पत्रको प्रक्रिया रद्द गरेको थियो । त्यसपछि नियमनकारी निकायले गत असोजमा नयाँ प्रक्रिया शुरु गर्दै आशय पत्र माग गरेको थियो ।
छनौटमा परेका चार कम्पनी मध्ये प्राधिकरणले आर्थिक र प्राविधिक पक्ष हेरेर एक कम्पनीलाई छनौट गरेर स्याटेलाइट स्थापनाको लागि आवश्यक पर्ने कानूनी लगायतका कामहरू गर्न जिम्मा दिने नेपाल दुरसंञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्