तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु

कास्की । कोरोना सङ्क्रमणका कारण पोखराका अस्पतालमा उपचारको क्रममा ४८ वर्षीया महिलासहित थप ३ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा लमजुङको कोल्हासोथर ७ की ४८ वर्षीया महिलाको सोमबार मृत्यु भएको हो । उहाँलाई कार्तिक २३ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी कास्कीको  पोखरा २२ का ६३ वर्षीय पुरुषको सोमबार र  पोखरा ३० की ७१ वर्षीया महिलाको आइतबार उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ ।

थप ३ जनाको मृत्यु पश्चात् प्रदेशमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ४१२ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button