प्रतिलिपि अधिकार, सूचना तथा सन्देश प्रसारणका बारेमा छलफल
काठमाडौँ । प्रतिलिपि अधिकार, सूचना तथा सन्देश प्रसारण लगायतका विषयमा रेडियो नेपाल र नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका पदाधिकारीबिच छलफल भएको छ ।
छलफलमा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयका रजिस्ट्रार विष्णु कुमारी भट्टराईले स्रष्टाको बौद्धिक सम्पत्ति माथिको अधिकारका विषयमा आम नागरिकलाई सुसूचित गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले प्रतिलिपि अधिकार, सूचना तथा सन्देश प्रसारण लगायतका विषयमा रेडियो नेपालसँग सहकार्य गरेर अगाडि बढ्न चाहेको पनि बताउनुभयो ।

छलफलमा रेडियो नेपालका निर्देशक खगेन्द्र खत्री, पुष्कर गौतम, कार्यक्रम महाशाखाका उप–निर्देशक टीका भण्डारी र वरिष्ठ सङ्गीतकार नारायण ओली सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्