अछामका चार प्रदेश सभामा काँग्रेसका सभापति चयन
अछाम । चार प्रदेशसभा रहेको अछाममा नेपाली काँग्रेस अछामले नयाँ नेतृत्व निर्वाचित गरेको छ । अछाम–२ क र ख मा मतदानबाट र अछाम–१ क प्रदेशमा सहमतिमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
पञ्चदेवल विनायक, आधा कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिका समेटिएको अछाम–२ क को सभापतिमा ताराप्रसाद खनाल सभापतिमा विजयी हुनुभएको छ ।
खनालले दुई सय ४४ तथा प्रतिद्वन्द्वी कर्णबहादुर बुढाले १२४ मत ल्याएर विजयी भएको काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सेनाले जानकारी दिनुभयो ।

कार्यसमितिको उपसभापति सचिव र सहसचिव खनाल नेतृत्वकै टिमले जित हासिल गरेको छ । खनाल नेतृत्वमा अछाम–२ क को उपसभापतिमा कर्ण वयक र खडकबहादुर विष्ट, सचिवमा केशवराज तिमिल्सेना र दीपक न्यौपाने र सहसचिवमा प्रकाश विक र प्रेमबहादुर शाही विजयी हुनुभएको छ ।
ढकारी गाउँपालिका, मङ्गलसेन र आधा कमलबजार नगरपालिकाको जोडिएको अछाम–२ ख को सभापतिमा रवीन्द्रबहादुर शाही विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी पूर्णबहादुर रावललाई १४१ मतमा सीमित गरेर शाहीले २९१ मत पाउनुभयो । यस प्रदेशमा समेत शाहीकै नेतृत्वको टिम विजयी भएको बताइएको छ ।
चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिका जोडिएको अछाम–१ क को सभापतिमा महेश खड्का सहमतिका आधारमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
उपसभापतिमा विमल कुँवर धन्नाज भाट, सचिवमा बलबहादुर शाह र सङ्गीत केसी, सहसचिवमा वीरेन्द्र कुँवर र देवबहादुर खड्कालगायत सदस्य सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ।
मेल्लेख, रामारोशन र बान्नीगढी जयगढ गाउँपालिका रहेको अछाम–१ ख प्रदेश सभापतिमा पदम बहादुर खड्का सहमतिको आधारमा चयन हुनुभएको छ ।
उप सभापतिमा अर्जुन प्रसाद ढुङ्गाना र गोपी प्रसाद खनाल, सचिवमा राम बहादुर थापा, उमेश कुमार बोहरा, सह सचिवमा खडक ठकुल्ला लगायतका सदस्य सर्वसम्मत चयन भएका काँग्रेस अछामले जनाएको छ ।
क्षेत्रीय कार्यसमितिको नेतृत्वको लागि क्षेत्र नम्बर १ को साँफेबगर र क्षेत्र नम्बर २ को कमलबजारमा निर्वाचन भइरहेको कांग्रेस जिल्ला सचिव नमबहादुर शाहीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्