तपाईँ सुन्दै हुनुहुन्छः

बान्निगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कालिकालाई

अछाम । अछाम जिल्लामा जारी तेस्रो बान्निगढी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक कालिका युवा सञ्जाल कालिकाले हात पारेको छ ।

आज भएको फाइनल खेलमा रिडिकोट युवा क्लब रिडिकोटलाई ४ विकेटले पराजित गर्दै आयोजक कालिका उपाधि जित्न सफल भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको रिडिकोटले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो ।

जवाफमा कालिकाले १३ ओभर ४ बलमा ६ विकेटको क्षतिमा १ सय ३७ रन बनाउँदै उपाधि जितेको हो । प्रथम स्थान हासिल गरेको कालिकाले नगद १ लाख ३१ हजार सहित कप, मेडल, प्रमाणपत्र पाएको छ ।

उपविजेता रिडिकोटले ६० हजारमा चित्त बुझाएको छ ।

प्रतियोगितामा फाइनल खेलमा उत्कृष्ट खेल खेलेका तेज विष्ट म्यान अफ द म्याच घोषित भए भने प्रतियोगिता भरि उत्कृष्ट प्रदर्शन गरेका धिरेन्द्र चन्द म्यान अफ सिरिज घोषित भएका छन्।

कालिका सञ्जालका अध्यक्ष मीन साउदको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ५ का अध्यक्ष लाल कामी रहनु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button