तपाईँ सुन्दै हुनुहुन्छः

आज ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

File photo

काठमाडौँ । आज देशभर ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१० हजार १ सय ७४ नमुनाको परीक्षण गर्दा ३ सय ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

त्यस्तै आज २ सय ७३ जना संक्रमण मुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत  रहेको छ । 

कोरोना सङ्क्रमणका कारण आज ९ जनाको मृत्यु भएको  छ । हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार आज देशभर ९८ हजार ५ सय ११ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button